१६ चैत्र २०८०, शुक्रबार
दुई हजार ७७ जनामा सङ्क्रमण पुष्टि, एक हजार ३३३ जना सङ्क्रमणमुक्त

  • टाइम्स संवाददाता

  • २३ असार २०७८, बुधबार १८:३१

पछिल्लो २४ घण्टामा थप दुई हजार ७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।  पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २८ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार २९१ जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार ३३३ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.४९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन्

Nabintech