१६ चैत्र २०८०, शुक्रबार
बाँके क्षेत्र नं. १ को सभापतिमा चार जना आकांक्षी

  • राम बहादुर रावत

  • २३ असार २०७८, बुधबार १९:५४

काँग्रेसको आसन्न महाधिवेशन नजिकिँदै गर्दा केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, नगर वा गाउँ कार्य समितिको भावी नेतृत्वको विषयलाई लिएर हाल चोक–चोक, आम काँग्रेस कार्यकर्ताहरु बिच बहस भईरहेको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन साउन १२ गतेबाट सुरु भई भदौ १६ र १९ गते सम्पन्न हुँदैछन् । काँग्रेसको वडा समितिको अधिवेशन साउन १२ गते, गाउँ र नगर समितिको अधिवेशन साउन १६ गते, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन साउन २० गते क्षेत्रिय अधिवेशन साउन २३ गते, जिल्ला अधिवेशन साउन २६ गते, प्रदेश समितिको अधिवेशन भदौ १ र २ गते र राष्ट्रिय महाधिवेशन भदौ १६ र १७ गते हुने भएको छ । काँग्रेसको भावि नेतृत्वका लागि वडा देखि केन्द्रसम्म हुने निर्वाचनका लागि उम्मेद्वारले अहिले कार्यकर्ता भेटघाटलाई तिव्रता दिईरहेका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन बाँके क्षेत्र नं. १ का लागि चार जना नेताहरुले आफ्नो उम्मेद्वारी रहने बताएका छन् । विशेष गरी क्षेत्र नं. १ बाँकेमा नेपाली काँग्रेसको नेतृत्व लिनका लागि चार जना आकांक्षीहरु देखिएका छन् ।
को–को हुन् सभापतिका आकांक्षीहरु ?
नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ को पार्टी सभापतिका रुपमा यस पटक नेपाल विद्यार्थी संघ बाँकेका सभापति पूर्ण प्रसाद आचार्य, हाल क्षेत्रिय सभापति माधवराम खत्री, पोषण केसी र डिल्ली गिरी आकांक्षी देखिएका छन् ।
नेपाल विद्यार्थी संघ बाँकेका सभापति पूर्ण प्रसाद आचार्य पनि क्षेत्रिय पार्टी सभापतिका रुपमा आकांक्षी देखिएका छन् । नेपाली काँग्रेसका यूवा नेताका रुपमा चर्चित आचार्य काँग्रेसका आम कार्यकर्ता बिच लोकप्रिय नेताका रुपमा चिनिएका छन् । पार्टीलाई नीति विधि र प्रद्धतिमा लिनका लागि आफ्नो उम्मेद्वारी रहने उनी बताउँछन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा पूर्ण प्रसाद आयार्च जस्ता यूवा नेताहरु आउनुपर्ने काँग्रेस कार्यकर्ताहरुको भनाई रहेको पाईन्छ ।
त्यस्तै बाँके क्षेत्र नं. १ का पार्टी सभापति समेत रहेका माधवराम खत्री पुनः पार्टी सभापतिको लागि आफ्नो उम्मेद्वारी रहने बताएका छन् । पार्टी सभापतिका रुपमा रहेका खत्री पुनः एक पटक पार्टी सभापति भएर काम गर्न इच्छुक रहेको पाईएको छ ।
त्यस्तै नेपाली पत्रकारिताबाट पार्टी राजनीतिमा आएका पोषण केसी क्षेत्रिय पार्टी सभापतकिा आकांक्षीका रुपमा प्रस्तुत भएका छन् । आफु क्षेत्रिय पार्टी सभापतिमा निर्वाचन लड्ने भन्दै सहयोग गर्न कार्यकर्ताहरुलाई बताईसकेका छन् । नेता केसीले पार्टी भित्र राम्रो भिजन दिनसक्ने नेताका रुपमा लिईएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं. १ का क्षेत्रिय सचित डिल्ली गिरी सभापतिको आकांक्षीका रुपमा प्रस्तुत भएका छन् । उनले पार्टी सभापतिका लागि भन्दै पार्टीका नेता तथा कार्यकर्ताहरु बिच भेटवार्तालाई विशेष बनाउँदै आएका छन् । पार्टीका नीति तथा बिचारलाई जनताका बिचमा लिनका लागि सक्षम नेतृत्वको आवश्यकता पर्ने भएकाले आफु त्यसका लागि पार्टी नेतृत्वमा जान लागेको बताएका छन् ।
नेपाली काँग्रेस क्षेत्र नं. १ बाँकेका कार्यकर्ताहरुले सक्षम नेतृत्व सहित नयाँ सोच र विचार भएका नेतालाई नेतृत्व तहमा पु¥याउने सम्भावना रहेको पाईन्छ । काँग्रेसको महाधिवेशनबाट नयाँ सोच र विचार सहितको नेतृत्व आउनेमा काँग्रेसका कार्यकर्ताहरु विश्वस्त रहेका छन् । नेपाली काँग्रेस क्षेत्र नं. १ को क्रियाशिल सदस्यता विवादका कारण काँग्रेसका अधिकांश नेताहरु अहिले काठमाण्डौं पुगेका छन् ।

Nabintech