१६ चैत्र २०८०, शुक्रबार
एक हजार ४७९ जनामा सङ्क्रमण पुष्टि, एक हजार ३१६ निकाे भए

  • टाइम्स संवाददाता

  • २५ असार २०७८, शुक्रबार १८:५३

पछिल्लो २४ घण्टामा थप एक हजार ४७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको छ हजार ६५७ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।  चार हजार ६५६ जनामा एन्टिजेन परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या छ लाख १६ हजार ९२९ जना पुगेको छ । नेपालमा निको हुने प्रतिशत ९४ दशमलव ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २० जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ३४० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार ३१६ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech