१३ बैशाख २०८१, बिहीबार
कोहलपुर नगरद्धारा सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तारन्तरण

  • टाइम्स संवाददाता

  • ३० असार २०७८, बुधबार ०७:५५

बाँकेको कोहलपुर नगरपालिकाले आधारभूत तह कक्षा (१–८) संचालन भएका विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको छ । कोहलपुर नगरपालिका अन्तर्गत आधारभूत तह मात्रै संचालन आएका १२ वटा विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराईएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले कोहलपुर क्षेत्रको शैक्षिक विकासका लागि प्राविधिमा जोडिनुपर्ने बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिईरहेको जानकारी दिँदै कोहलपुरका सबै विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गर्नेमा विश्वास व्यक्त गरेका छन् । कोहलपुर नगरपालिककी उपप्रमुख सञ्जु कुमारी चौधरीले कोहलपुर नगरपालिकाले प्रदान गरेको कम्प्युटरले विद्यालयको प्रशासनिक र विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि सहज हुने बताएकी छिन् । कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले कोहलपुर नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा अब कम्प्युटर हुने भन्दै विद्यालयहरुमा कम्प्युटर आवश्यकताको महसुस गिरी कम्प्युटर उपलब्ध गराईएको बताएका छन् । साथै शिवशक्ति प्राथमिक विद्यालय कोहलपुर–२ का प्रअ बद्रिनाथ सापकोटाले सामुदायिक विद्यालयहरुलाई प्रविधिसँग जोड्नका लागि कम्प्युटरले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यालयहरुले कम्प्युरको सहि सदुपयोग हुने बताएका छन् । कोहलपुरका १२ वटा सामुदायिक विद्यालयलाई ५० हजारका दरले कम्प्युर र प्रिन्टर उपलब्ध गराईएको हो ।

Nabintech