१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका २६ जना संक्रमित थपिए, ९ जना डिस्चार्ज, एकको निधन

  • टाइम्स संवाददाता

  • ३१ असार २०७८, बिहीबार १६:५१

बाँकेमा पछिल्लो २४ घण्टामा थप २६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १८४ नमुना परीक्षण गर्दा २६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ८८ नमुना परीक्षण गर्दा १९, नेपालगञ्ज मेडिकल कलेजमा ५१ नमुना परीक्षण गर्दा ३ जना र बागेश्वरी ल्यबमा ४५ जनामा परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ७ जना छन् । २ जना महिला र ५ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८६ हजार ३ सय ६२ नमुना परीक्षण गर्दा १७ हजार ५ सय ५६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना डिस्चार्ज भएका छन् । २ महिला र ५ जना पुरुष गरी ७ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १७६ जना डिस्चार्ज भएको समितिले जनाएको छ । जिल्लामा हाल अस्पताल र आईसोलेसन रहेर २८ जना र होम आईसोलेसनमा ३५ जना उपचारत रहको छन् ।
थप एक जनाको निधन
भेरी अस्पताल नेपालगञ्जमा कोभिड संक्रमित थप एक जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१ रोल्पाका ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । असार २३ गते कोभिड संक्रमण पुष्टि भएपछि उपचारका लागि त्यसैदिन उनी अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआउँदा उनको मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिए । योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ३ सय ७१ जनाको मृत्यु भएको छ ।

Nabintech