७ बैशाख २०८१, शुक्रबार
१ सय ५० जनाले गरे एमाले पार्टी प्रवेश

  • टाइम्स संवाददाता

  • १ श्रावण २०७८, शुक्रबार १७:०९

बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाबाट एक सय ५० जनले एमाले पार्टी प्रवेश गरेका छन् । नेकपा एमालेको जिल्ला पार्टी कार्यालय बाँकेमा विभिन्न पार्टी परित्याग गरि एमाले पार्टीमा प्रवेश गरेका छन । एमाले प्रवेश गर्नेमा माओवादी केन्द्र बाँकेका जिल्ला कोषाध्यक्ष प्रशुनारायण थारु र विराट थारु को नेतृत्वमा राप्तीसोनारी र नरैनापुर गाउँपालिकाबाट १ सय ५० जना नेकपा एमालेमा प्रवेश गरेका हुन । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमाले बाँके जिल्ला अध्यक्ष सुर्य ढकालले जनताको बहुदलिय जनवादको सिद्धान्तलाई आत्मासाथ एमालेमा प्रवेश गरेकोलाई पार्टीले उचित स्थान लिने बताएका छन् । सो कार्यत्रक्रममा नेकपा एमाले नेता हारुन हलुवाई, देवराज भार, पुजन विश्वकर्मा, प्रेम भुषाल, धननाथ खनाल, एक माया विक, पदम धिताल, दिपा शर्मा, हिरा खराल लगायतले देशको विकास र समृद्धिका लागि केपि शर्मा ओलीले लिए नीतिलाई पार्टीका कार्यकर्ताले आत्मासाथ गर्नुपर्ने बताएका छन् । सो कार्यक्रमको सहजिकरण एमाले बाँके क्षेत्र नं. १ का अध्यक्ष बलराम भट्टराईले गरेका थिए ।

Nabintech