८ बैशाख २०८१, शनिबार
बाँकेमा कोरोनाका ८ जना संक्रमित थपिए, ४ जना डिस्चार्ज, एकको निधन

  • टाइम्स संवाददाता

  • १ श्रावण २०७८, शुक्रबार १७:५२

बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १०८ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५५ नमुना परीक्षण गर्दा ५, नेपालगञ्ज मेडिकल कलेजमा २५ नमुना परीक्षण गर्दा ३ जना र बागेश्वरी ल्यबमा २८ जनामा परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ६ जना छन् । ४ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८६ हजार ४ सय ७० नमुना परीक्षण गर्दा १७ हजार ५ सय ४३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना डिस्चार्ज भएका छन् । २ महिला र २ जना पुरुष गरी ४ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १७० जना डिस्चार्ज भएको समितिले जनाएको छ । जिल्लामा हाल अस्पताल र आईसोलेसन रहेर २५ जना र होम आईसोलेसनमा ३६ जना रहेका छन भने ७ सिकिस्त र ४ जना भेन्टिलेटरमा राखेर उपचारगरिरहेका छन् ।
कोरोनाका कारण थप एक जनाको निधन
बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोभिड संक्रमित थप एक जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिका–४ रुकुम पुर्वकी ३९ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । असार १९ गते कोभिड संक्रमण पुष्टि भएपछि उपचारका लागि असार २३ गते भेरी अस्पताल भर्ना भएकी थिईन् । स्वास्थ्यमा सुधार नआउँदा उनको मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका कोरोना फोकलपर्सन तेज वलीले जानकारी दिए । योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ३ सय ७२ जनाको मृत्यु भएको छ भने बाँके जिल्ला भित्रका ३११ जनाले कोरोना भाईरसका कारण ज्यान गुमाएका छन् ।

Nabintech