१६ चैत्र २०८०, शुक्रबार
दक्षिण अफ्रिकासँग आयरल्यान्ड ७० रनले पराजित

  • टाइम्स संवाददाता

  • २ श्रावण २०७८, शनिबार ०७:१३

दक्षिण अफ्रिकाले अन्तिम तथा तेस्रो एक दिवसीय क्रिकेटमा आयरल्यान्डलाई ७० रनले  पराजित गरेको छ। डुब्लीनमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई ७० रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको ३ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्यान्डले ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ७६ रन बनायो। आयरल्यान्डका लागि सीमी सिंहले अविजित रहँदै १ सय रनको शतकीय इनिङ्स खेले । कुर्टिस क्याम्फरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । ह्यारी टेक्टर २९ रनमा आउट भए । दक्षिण अफ्रिकाका एडिले र ताब्रेज शाम्सीले ३/३ विकेट लिए । केशव महाराजले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४६ रन बनाएको थियो । आयरल्यान्डका जोश लिटलले २ विकेट लिए । दक्षिण अफ्रिकाको जितसँगै तीन खेलको सिरीज १–१ को बराबरीमा सकिएको छ । पहिलो खेल रद्द भएको थियो भने दोस्रो खेलमा आयरल्यान्डले ४३ रनको जित निकालेको थियो ।

Nabintech