१४ बैशाख २०८१, शुक्रबार
कोहलपुर नगरपालिकाद्धारा २०७४ देखि हालसम्म ९७ वटा कानून निर्माण

  • टाइम्स संवाददाता

  • २ श्रावण २०७८, शनिबार १२:३०

बाँकेको कोहलपुर नगरपालिकाले हालसम्म ९७ वटा कानून निर्माण गरेको छ । नेपालको संविधान २०७२ जारी भएपछि सम्पन्न भएको स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरपालिकालाई आवश्यक पर्ने ९७ वटा कानून निर्माण गरेका छन् । विशेष गरी नेपालको संविधान २०७२ को अनुसचि ८ मा स्थानिय तहको अधिकार भित्र २२ वटा अधिकारको व्यवस्था गरिएकाले ती अधिकारको कार्यान्वयनका लागि हालसम्म कोहलपुर नगरपालिकाले ९७ वटा कानूनहरु निर्माण गरेको कोहलपुर नगरपालिका विधायन समितिका संयोजक भिम बहादुर नेपालीले बताएका छन् । कोहलपुर नगरपालिकाले २०७४ सालदेखि २०७८ साल जेठ २२ गतेसम्म २० वटा ऐनहरु, ८ वटा नियमावलीहरु, ११ वटा निर्देशिकाहरु, ५५ वटा कार्यविधिहरु, १ वटा आचारसंहिता र १ वटा कोहलपुर राजपत्र निर्माण गरिएको उनले बताएका छन् ।
साथै कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा १७ वटा नियमावली, कार्यविधि, निर्देशिकाहरु तथा १० वटा ऐन तथा नियमहरु निर्माण गरेकोे उनले जानकारी दिएका छन् । १७ वटा नियमावली, कार्यविधि, निर्देशिकाहरुमा शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ पहिलो संशोधन, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षण प्रवद्र्धन निर्देशिका २०७७, अपाङ्गता भएका विद्यार्थीहरुको लेखाजोखा केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्य विधि २०७७, कोहलपुर नगरपालिका संक्षिप्त वातावरणिय अध्ययन तथा प्रारम्भिक वातावरणिय परिक्षण कार्य विधि २०७७, जलस्रोत उपयोग कार्य विधि, स्वास्थ्य संस्था दर्ता अनुमति तथा नविकरण निर्देशिका, सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्बन्धी कार्यविधि, कृषि तथा पशुपंक्षी बिमा कार्यक्रम कार्य विभि नवजात शिशु सहयोग कोष कार्य विधि लगायत निर्माण गरिएको संयोजक नेपालीले बताएका छन् । साथै १० वटा ऐन तथा नियमहरुमा कोहलपुर नगरपालिका आर्थिक ऐन, विनियोजन ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, नगर प्रहरी ऐन, पूर्वधार विकास ऐन तथा तथ्याङ्ग तथा अभिलेख व्यवस्थापन ऐन २०७७ लगायतका अन्य ऐन निमयहरु पनि निर्माण भएको उनले बताएका छन् ।
स्थानियत तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले सुरुका दुई वर्षसम्म कानूनहरु निर्माण गर्न ध्यान दिएको कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले बताएका छन् । साथै उनले अब आउने जनप्रतिनिधिहरुले कानून निर्माणका लागि समय खर्च गर्नु नपर्ने गरी कोहलपुर नगरपालिकाले विभिन्न ऐन, नियमहरु निर्माण गरेको बताएका छन् । संविधानले स्थानिय तहमा पनि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अवधरणलाई आत्मासाथ गरेकाले कतिपय अवस्थामा कानून अभावकै कारण केहि मुद्धाहरुको समस्या समाधान गर्न नसकिएको न्यायिक समितिकी संयोजक समेत रहेकी उपप्रमुख सञ्जु कुमारी चौधरीले बताएकी छिन् । न्यायिक मुद्धाहरु पछिल्लो समय नगरपालिका आउन थालेको बताउँदै कानून निर्माण हुँदा केहि सहज भएको उनले बताएकी छिन् । लोकल्याणकारी राज्य व्यवस्थामा कनूनहरु बलियो र जनपक्षिय हुनुपर्ने सिद्धान्तलाई कोहलपुर नगरपालिकाले आत्मासाथ गरेको पाइएको छ ।

Nabintech