१२ बैशाख २०८१, बुधबार
बाँकेमा कोरोनाका १२ जना संक्रमित थपिए, १० जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ४ श्रावण २०७८, सोमबार १६:१९

बाँकेमा पछिल्लो २४ घण्टामा थप १२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । दुईवटा प्रयोगशालामा १०८ नमुना परीक्षण गर्दा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७७ नमुना परीक्षण गर्दा ७, नेपालगञ्ज मेडिकल कलेजमा ३१ नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ३ जना छन् । १ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८६ हजार ७ सय ५९ नमुना परीक्षण गर्दा १७ हजार ५ सय ५८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा १० जना डिस्चार्ज भएका छन् । ५ महिला र ५ जना पुरुष गरी १० जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १८४ जना डिस्चार्ज भएको समितिले जनाएको छ । जिल्लामा हाल अस्पताल र आईसोलेसन रहेर २० जना र होम आईसोलेसनमा ४२ जना रहेका छन भने ८ सिकिस्त र ४ जना भेन्टिलेटरमा राखेर उपचारगरिरहेका छन् ।

Nabintech