१५ चैत्र २०८०, बिहीबार
इराकमा ६ महिनापछिको भयानक बम बिस्फोट : कम्तीमा २५ को मृत्यु, आइएसले लियो जिम्मेवारी

  • टाइम्स संवाददाता

  • ५ श्रावण २०७८, मंगलवार १५:५५

इराकको राजधानी बगदादको एक बजारमा सोमबार भएको एक बम बिस्फोटमा कम्तीमा २५ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् । यो बिस्फोटमा ज्यान गुमाउने र घाइते हुनेहरु धेरैजसो बजारमा इदको किनमेल गर्न गएका थिए । यो बगदादमा पछिल्लो ६ महिनामा भएको सबैभन्दा भयानक बम बिस्फोट हो । व्यस्त अल–वुहालियत बजारमा यो बिस्फोट एक डिभाइसमार्फत् गरियो । हमलाको जिम्मेवारी इस्लामी आतंकी संगठन इस्लामिक स्टेट समूह (आइएस) ले लिएको छ । आइएसले आफ्नै एक सदस्यले बिस्फोट गराउने डिभाइस उडाएको बताएको छ । इराकको सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुसलमान जिहादी समूह आइएसविरुद्ध आफ्नो जीतको घोषणा गरेको थियो । यद्यपि, त्यसपछि पनि इराकमा आइएसको स्लीपर सेल लगातार सक्रिय छ ।

ज्यान गुमाउनेमा महिला तथा बालबालिकाः

यसअघि अप्रिलमा एक बजारमा कारभित्र बम बिस्फोट गराइएको थियो जसमा चारजना मारिएका थिए । आइएसले यो हमलाको जिम्मेवारी लिएको थियो । बगदादको जुन इलाकामा यो बिस्फोट भएको छ, त्यहाँ धेरैजसो शिया मुसलमान बस्छन् । समाचार एजेन्सी रोयटर्सको स्रोतले बताए अनुसार बिस्फोटमा मारिनेमा महिला र बालबालिका पनि समावेश थिए । बिस्फोटपछि केही पसलमा आगलागी पनि गरिएको थियो । इराकी सेनाका एक प्रवक्ताले दिएको जानकारी अनुसार मुस्तफा अल–कदीमीले बजारको सुरक्षाका लागि जिम्मेवार प्रहरी इन्चार्जको गिरफ्तारीको आदेश दिएका छन् र घटनाबारे अनुसन्धान सुरु भइसकेको छ । – बीबीसी

Nabintech