७ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका ८ जना संक्रमित थपिए, ६ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ६ श्रावण २०७८, बुधबार १८:३५

बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १४४ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७२ नमुना परीक्षण गर्दा ३, नेपालगञ्ज मेडिकल कलेजमा ४७ नमुना परीक्षण गर्दा ५ जनार बागेश्वरी ल्याबमा २५ जनामा परिक्षणगर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका २ जना छन् । १ जना महिला र १ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८७ हजार ४८ नमुना परीक्षण गर्दा १७ हजार ५ सय ६४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ६ जना डिस्चार्ज भएका छन् । २ महिला र ४ जना पुरुष गरी ६ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १९५ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

Nabintech