१३ बैशाख २०८१, बिहीबार
डुडुवा खाेलाकाे बाँधमा डुबेर तीन जनाकाे ज्यान गयाे

  • टाइम्स संवाददाता

  • ७ श्रावण २०७८, बिहीबार ०७:१०

बाँकेमा डुडुवा खोलाको बाँधमा डुबेर तीन जनाको ज्यान गएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १० चटारमा रहेको डुडुवा खोलाको बाँधमा डुबेर तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरूमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का १७ वर्षीय आरिफ जसगर, अरमान जसगर र १८ वर्षीय रासिद जसगर रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर उनीहरूकाे ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पौडी खेल्ने क्रममा तीन जना बेपत्ता भएको खबरपछि पुगेको प्रहरीको उद्धार टोलीले तिनै जनालाई मृत अवस्थामा बाहिर निकालेको हो ।

Nabintech