१५ चैत्र २०८०, बिहीबार
ट्राफिक प्रहरी बाँकेले उठायो २ करोड राजश्व, एक वर्षमा ७७ जनाको मृत्यु

  • राम बहादुर रावत

  • ७ श्रावण २०७८, बिहीबार १६:५९

बाँकेको कोहलपुरमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष २०७७÷०७८ मा २ करोड राजश्व संकलन गर्न सफल भएको छ । ट्राफिक प्रहरीले नियम विपरीत संचालन भएका ४८ हजार २ सय ४ वटा सवारी सधानहरुलाई कारवाही गर्र्दै २ करोड ७० लाख ७१ हजार पाँच सय राजश्व संकलन गर्न सफल भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी प्रमुख राजु भण्डारीले जानकारी दिएका छन् । ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष २०७६÷०७७ मा १ करोड २९ लाख राजश्व संकलन गरेकोमा आर्थिक वर्ष २०७७÷०७८मा एक करोड भन्दा बढि राजश्व संकलन गर्न सफल भएको छ । व्यवस्थित रुपमा ट्राफिक प्रहरीलाई परिचालन गर्दा २ करोड ७० लाल भन्दा बढि राजश्व संकलन गर्न सफल भएको उनले बताएका छन् ।
१ सय ५० वटा सवारी साधन दुर्घटना, ७७ जनाको निधन
यसका साथै बाँकेमा एक वर्षको अवधिमा १ सय ५० वटा सवारी साधन दुर्घटनामा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका अनुसार १ सय ५० वटा सवारी साधन दुर्घटनामा पर्दा ७७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ जना पुरुष, १७ जना महिला र चार जना बालक रहेका छन् । साथै दुर्घटनामा २ सय ८ जना घाइते भएका छन् । जिल्लामा सबैभन्दा धेरै दुर्घटना भदौ महिना २० वटा सवारी साधान दुर्घटनामा परेका छन् भने सबै भन्दा कम साउन महिनामा ३ वटा सवारी सधान दुर्घटनामा परेको ट्राफिक प्रमुख भण्डारीले बताएका छन् ।
ट्राफिक जनचेतनामा जोड
बाँके ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक गतिविधिलाई विशेष जोड दिईरहेको पाईएको छ । ट्राफिक प्रमुख भण्डारीका अनुसार विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई ३२ पटकमा सात हजार ४ सय ५० जना विद्यार्थीहरुलाई सचेतना कक्षा संचालन गरिएको, सामुदायिक मार्फत एक हजार ९ सय ५४ सर्वसाधारणलाई सेचतना कक्षा संचालन गरिएको, व्यवसायिक, चालक तथा सहचालक, सर्वसाधारणलाई ट्राफिक ऐन नियम सम्बन्धि अन्तरक्रिया कार्यक्रम, सहचालक तथा सर्वसाधारणलाई पर्चा पम्पलेट वितरण, मास्क खोइ लगायतका सचेतनाका कार्यक्रमहरु संचालन गरिएको हो ।
साथै उनले ट्राफिक प्रहरीको जनशक्तिको कमी, सडकको बिस्तार नहुनु, वैज्ञानिक स्रोत साधनको प्रयोगमा कमी, सडक मर्मत, चालक, यात्रु तथा पैदल यात्रुहरुमा जनचेतनाको कमी, यातायात व्यवसायीहरुमा प्रतिस्पर्धा, सवारी साधनको कमी, गरिवी, भौगोलिक वनावट, सडक अतिक्रमण, राजनैतिक हस्तक्षेप र चालकलाई कारबाही गर्दा फितलो नियमलाई ट्राफिक व्यवस्थापनका चुनौती रहेको बताएका छन् ।

Nabintech