१६ चैत्र २०८०, शुक्रबार
लायन्स क्लबद्वारा लायन्स गाभर पार्कमा वृक्षारोपण

  • टाइम्स संवाददाता

  • ९ श्रावण २०७८, शनिबार १६:४९

बाँकेको बैजनाथ गाउँपालिकामा पर्ने लायन्स गाभर पार्कमा वृक्षारोपण गरिएको छ । एरिया नम्बर सिक्स, रिजनल ६८, जोन १३७, जोन १३८, लायन्स क्लब अफ कोहलपुर, लायन्स क्लब अफ कोहलपुर सयपत्रि, लायन्स क्लब अफ कोहलपुर ग्रिन सिटि, लायन्स क्लब अफ कोहलपुर कस्तुरी, लायन्स क्लब अफ कोहलपुर मनसरोवर, लायन्स क्लब अफ बर्दिया बाँसगाढि, लायन्स क्लब अफ बर्दिया केद्धारेश्वर र लायन्स क्लब अफ बर्दिया मगरागढीले संयुक्त रुपमा वृक्षा रोपाण गरेका हुन् ।

कार्यक्रममा लायन्सका पूर्व डिष्ट्रिक गर्भनर मधुसुधन शर्मा रिजालले सेवाको भावनाले सुरु गरिएको समाजका लागि लाभ हुने काममा सहयोगी हातहरुको हातेमालो हुने गरेको नमूना गाभर पार्क भएको बताएका छन् । वृक्षारोपणले गाभर भ्यालिको पर्यटन प्रवद्र्धनमा विशेष महत्व रहने बताएका छन् । रिजनल चियर पर्सन तेज प्रसाद अधिकारीले लायन्सले विश्व वातावरणमा पछिल्ला वर्षहरुमा देखिएको जलवायु परिवर्तनको असर कम गर्न वृक्षारोपण एवं वृक्ष संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले लायन्स क्लबले गाभर भ्यालिमा विभिन्न प्रजातिका बिरुवा रोपेको बताएका छन् । गाभर स्थित लायन्स पार्कमा एक सय ५० वटा विभिन्न जातका विरुवा रोपिएको थियो भने कार्यक्रममा लायन्स क्लबमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Nabintech