१२ बैशाख २०८१, बुधबार
५० लाखको लगानीमा कालिज पालन, दशैंमा हजार कालिज विक्रि गर्ने लक्ष्य

  • टाइम्स संवाददाता

  • १० श्रावण २०७८, आईतवार १४:१३

खजुरा गाउँपालिका वडा न. ४ का दिपक पौडेलले ५० लाखको लगानीमा कालिज पालन शुरु गर्नुभएको छ । गत चैतमा खजुरा कृषि फार्म दर्ता गरी उहाँ व्यवसायिक कालिज चरा पालनमा लाग्नु भएको हो । उहाँले अस्ट्रेलियाबाट कालिजको अन्डा मगाएर आफैले ह्याचरींग गरी चल्ला निकाल्नु भएको हो । अहिले उहाँको फार्ममा एक हजार बढी कालिजका चल्लाहरु छन् । दसैंसम्म हजार बढी कालिज विक्रि गर्ने लक्ष्यसहित चल्ला हुर्काउन अहिले व्यस्त रहेको पौडेलले बताउनुभयो । त्यसो त उहाँले अहिले कालिजका चल्ला पनि विक्रि गरिरहनु भएको छ ।
एक दिनको चल्लाको मुल्य १४ सय रुपियाँ पर्ने जनाउँदै उहाँले चल्ला लिन आउनेहरु पनि दिनदिनै बढ्दै गएको बताउनुभयो ।
खान लायक भइसकेको एउटा कालिज ३५ सय रुपियाँमा बिक्री भैरहेको जनाउँदै पौडेलले दसैसम्म हजार बढी खान लायक कालिज विक्रि गर्ने योजना रहेको बताउनुभयो । ‘दशैं भन्दा पहिले नै कालिज बिक्रीका लागि तयार भइसक्छन्, कालिजको माग जिल्लामा अत्याधिक रहेको छ, खास गरेर चिसो मौसममा त कालिज खरिद गर्नेको लाम नै लाग्छ रे’—उहाँले भन्नुभयो, ‘सोही कारणले उत्पादन बढाउँदै लैजाने योजना पनि छ ।’ कालिज पालनका लागि सबैभन्दा ठूलो चुनौती जिल्लाको तापक्रम रहेको पौडेलको भनाई छ । ‘३० डिग्री सेल्सीयससम्ममा कालिज सहजै बाँच्छ । तर बाँकेमा भने गर्मीमा ४२ डिग्री सेल्सीयससम्म तापक्रम पुग्छ । त्यसका लागि मैले सकेसम्म धेरै गर्मी नलागोस भन्ने व्यवस्था मिलाएको छु ।’ उहाँले भन्नुभयो । खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष तिलकबीर सुनारले मिहनेत गरेर काम गरे जे पनि सम्भव हुँदो रहेछ भन्ने कुरा किसान पौडेलले प्रमाणित गरेको बताउनुभयो । उहाँले युवाहरुले आफ्नै माटो र घर्तीमा सुन फलाउन सक्छन्, भन्ने उदाहरण पौडेल बनेको पनि बताउनुभयो । वडा र गाउँपालिकाबाट पौडेललाई व्यवसायीक कालिज पालनका लागि हर प्रकारको सहयोग गर्ने प्रतिवद्धता पनि वडा अध्यक्ष सुनारले जनाउनुभयो । -गोरखापत्रअनलाईनखबरबाट

Nabintech