१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका १० जना संक्रमित थपिए, ९ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १० श्रावण २०७८, आईतवार १६:३८

बाँकेमा पछिल्लो २४ घण्टामा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा २४१ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ४९ नमुना परीक्षण गर्दा ७, नेपालगञ्ज मेडिकल कलेजमा ६४ नमुना परीक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा ३५ जनामा परिक्षणगर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका ४ जना छन् । १ जना महिला र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८७ हजार ८९४ नमुना परीक्षण गर्दा १७ हजार ५ सय ८१ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । ५ महिला र ४ जना पुरुष गरी ९ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार २२९ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

Nabintech