१५ चैत्र २०८०, बिहीबार
बाँकेमा कोरोनाका ३१ जना संक्रमित थपिए, २ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ११ श्रावण २०७८, सोमबार १६:०४

बाँकेमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ३६० नमुना परीक्षण गर्दा ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २५५ नमुना परीक्षण गर्दा २१, नेपालगञ्ज मेडिकल कलेजमा ६७ नमुना परीक्षण गर्दा १० जना र बागेश्वरी ल्याबमा ३८ जनामा परिक्षणगर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका १५ जना छन् । ८ जना महिला र ७ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८८ हजार २५४ नमुना परीक्षण गर्दा १७ हजार ५ सय ९६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा २ जना डिस्चार्ज भएका छन् । १ महिला र १ जना पुरुष गरी २ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार २३१ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

Nabintech