१६ चैत्र २०८०, शुक्रबार
कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा तीन जना बेपत्ता

  • टाइम्स संवाददाता

  • १७ श्रावण २०७८, आईतवार १५:४३

कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ बाट सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४ जाँदै गरेको डुङ्गा दुर्घटना हुँदा दुई महिला र एक बच्चा बेपत्ता भएका जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले जानकारी दिनुभयो । बेपत्ता हुनेहरूमा मोहन्याल गाउँपालिका वडा नम्बर ३ की २० वर्षकी पार्वती थापा, २० वर्षकै उर्मिला मगर र उहाँको १० दिनका छोरा रहेका छन् । डुङ्गामा रहेका १० जनामध्ये सात जनाको उद्धार भएको डीएसपी घर्तीले बताउनुभयो । कैलाली र सुर्खेत दुवै तर्फबाट खटिएका प्रहरीले बेपत्ता हुनेहरूको खोजी गरिरहेका छन् ।

Nabintech