१५ चैत्र २०८०, बिहीबार
बाँकेमा कोरोनाका २६ जना संक्रमित थपिए, ५ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १८ श्रावण २०७८, सोमबार १५:२५

बाँकेमा आज थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १५२ नमुना परीक्षण गर्दा थप २६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीको प्रयोगशालामा ८९ नमुना परीक्षण गर्दा १२, मेडिकल कलेज कोहलपुरमा ३७ नमुना परीक्षण गर्दा ११ र बागेश्वरी प्रयोगशालामा २६ नमुना परीक्षण गर्दा ३ गरी २६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । तीमध्ये बाँकेका ८ महिला र ७ पुरुष गरी १५ जना हुन् । योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ६ सय ४९ पुगेको छ । यस्तै आइतवार थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ्५० पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या १५ पुगेको छ भने मध्यम बिरामीको संख्या २२ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ । संक्रमणबाट अहिलेसम्म बाँकेमा ३ सय २२ जनाको मृत्यु भएको छ । पहिलो लहरमा ५८ जनाको मृत्यु हुँदा दोस्रो लहरको हालसम्म २ सय ६४ जनाको कोभिडबाट मृत्यु भएको छ । सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा १५३ जना, कोहलपुुर नगरपालिकामा ७०, खजुरा गाउँपालिकामा ४० जनाको मृत्यु भएको छ । यस्तै बैजनाथ गाउँपालिकामा २८, राप्तीसोनारीमा १३, जानकीमा ९, नरैनापुरमा ५ र डुडुवामा ४ जनाले कोभिडबाट ज्यान गुमाएका छन् ।

Nabintech