११ बैशाख २०८१, मंगलवार
अमेरिकी सेना फिर्ता हुन थालेसँगै सुरक्षा अवस्था बिग्रियाे : अफगान राष्ट्रपति घानी

  • टाइम्स संवाददाता

  • १९ श्रावण २०७८, मंगलवार ०७:१०

अमेरिकी सेना फिर्ता हुन थालेसँगै अफगानिस्तानमा हिंसाका घटना बढ्दै गएका छन् । तालिबानले आफ्ना हिंसात्मक घटना र आक्रमणलाई बढाउँदै लगेको छ । पछिल्लो पटक लस्कर गाहसहित केही सहरमा तालिबान समूहले आक्रमण गरेको थियो । तर सरकारी सेनाले आक्रमणलाई विफल पारेको दाबी गरेको छ । सुरक्षा अवस्था सुधार गर्न अफगान सरकारले ६ महिने सुरक्षा योजना सुरुवात गर्ने घोषणा गरेको छ । अमेरिकी सेना अचानक फिर्ता भएपछि सुरक्षा अवस्था बिग्रेको भन्दै अफगानिस्तानका राष्ट्रपति असरफ घानीले चिन्ता व्यक्त गर्नुभएको छ । अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सैनिक सङ्गगठन नेटोलाई फिर्ता लिने आकस्मिक निर्णय गरेको घानीले बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ । उहाँले वासिङ्टनलाई यो निकासले गलत परिणाम ल्याउने समेत टिप्पणी गर्नुभएको छ । राष्ट्रपति घानीले अफगानिस्तानले अस्तित्वको परीक्षणको सामना गरिरहेको अवस्थामा सफलता हासिल गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

Nabintech