१५ चैत्र २०८०, बिहीबार
दुई हजार ४४८ जनामा सङ्क्रमण पुष्टि, २४ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १९ श्रावण २०७८, मंगलवार १७:५३

पछिल्लो २४ घण्टामा दुई हजार ४४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ६३८ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, छ हजार ८० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९९४ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ९९२ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech