१३ बैशाख २०८१, बिहीबार
बाँकेमा १० जना थपिए, ७ जना डिस्चार्ज, एकको निधन

  • टाइम्स संवाददाता

  • २० श्रावण २०७८, बुधबार १७:११

बाँकेमा आज थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १५६ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा २, कोहलपुर मेडिकल कलेजमा ६० नमुना परीक्षण गर्दा ६ र बागेश्वरी प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा २ गरी थप १० जनामा भाइरस संक्रमण देखिएको छ । तीमध्ये बाँकेका ६ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १७ हजार ६ सय ७० पुगेको छ । यस्तै आज थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ६० पुगेको छ । बाँकेमा १३ सिकिस्त बिरामी छन् भने ३३ जना मध्यम बिरामी छन् । ५ जनाको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
त्यस्तै कोरोना भाइरस संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा थप एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–५ बर्दियाका २३ वर्षीय युवकको भाइरस संक्रमणबाट मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि हिंजो विहान बागेश्वरी ल्यावमा परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । हिंजो नै उनलाई भेरीको कोभिड वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । भाइरस संक्रमणबाट गम्भीर अवस्थामा पुगेका उनको आज विहान ३ बजेतिर मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै उपचारका लागि बाँकेका आएका बाहिरी जिल्लाका ३ सय ८० जना संक्रमितको मृत्यु भएको छ ।

Nabintech