७ बैशाख २०८१, शुक्रबार
नकारात्मक सोचबाट तपाईंको मस्तिष्कलाई कसरी मोड्ने ?

  • टाइम्स संवाददाता

  • २३ श्रावण २०७८, शनिबार ०७:०८

हाम्रो दिमागमा अचानक नकारात्मक विचारहरू आउन सक्छन् । प्रायजसो जतिबेला हामी अन्धकार र रित्तो महसुस गर्छौं, तब यस्तो विचार हाबी हुन्छन् । यतिबेला हामी धेरै खाले कुराहरू सोचिरहेका पनि हुनसक्छौँ । यसले हाम्रो ऊर्जा समाप्त गर्ने काम गर्न सक्छ ।  त्यहीकारण सकारात्मक सोच्न जरुरी छ । नकारात्मकताबाट कसरी टाढा रहने ? यसबारे चर्चा गरौँ :

नजिकका साथीसँग भन्नुस् 
नकारात्मक सोचलाई टाढै राख्छु भनेर दृढ निश्चय गर्नुस् । यस्तो सोच आइहाले पनि छाडिदिनुस् । आफ्नो समस्या र विचार आफूसँग नजिक रहेका कोही व्यक्तिलाई सुनाउनु भनेर सुनिश्चित गर्नुस् । यस्ता खराब विचारबारे वा समस्या नजिकको व्यक्तिसँग शेयर गर्दा अवस्थालाई नयाँ ढङ्गले हेर्ने वातावरण बन्न सहयोग मिल्छ ।

खराब विचारले कमजोर हुन नदिनुस् 

मानिसहरू प्रायः नकारात्मक विचार आउन थालेपछि डराउन थाल्छन् । तर, समस्याबाट भाग्नुको साटो यसलाई तपाईंले जित्नुपर्छ । जितेर बाहिर निस्किन्छ । तपाईंले आफ्नो डर र नकारात्मक विचार दुवैको सामना गर्नुपर्छ । फरक तरिकाले सोच्न सुरु गर्नुस् र खराब अवस्था कस्तो हुनसक्छ भनेर विश्लेषण गर्नुस् । जब तपाईंले यस्तो गर्न थाल्नुहुन्छ, तब तपाईंलाई कमजोर बनाइरहेको नकारात्मक चिन्ता र भय तपाईंलाई सानो समस्याजस्तो लाग्न थाल्छ ।

समस्यालाई पहाड बनाउन छाड्नुस् 

तपाईंले समस्यालाई पहाड बनाउन छाड्नुपर्छ । जहाँ छ, त्यहीबाट समाधान खोज्नुपर्छ । यसलाई फक्रन दिन हुँदैन । तपाईंले सबै समय नकारात्मक सोच्न बन्द गर्नुपर्छ । धेरै सोच्नाले अवस्था थप खराब मात्रै हुन्छ । सामान्यतः तपाई जब कुनै ईस्युबारे सोच्नुहुन्छ, तब तपाईंको दिमागले स्वतः त्यस सम्पूर्ण अवस्थाबारे खराब विचार पैदा गर्नु सामान्य हो र अन्ततः तपाई नकारात्मक बन्नुहुन्छ । बरु, तपाईंले सकारात्मक रहने कोसिस गर्नुपर्छ । तपाईंको सबै रगत–पसिना कुनै समस्यामा लगाउनुहुन्न, त्यो समस्या सधैँ रहँदैन ।

हरेक खराब अवस्थामा केही सकारात्मकता खोज्नुस् 

यदि तपाई असफल हुनुभयो भने तपाईंको मस्तिष्कमा नकारात्मक विचार घुम्ने सम्भावना रहन्छ र यसले तपाईंलाई मानसिक चुनौती दिनसक्छ । यस्तो विचारबाट माथि उठ्नका लागि आफैँसँग राम्रा प्रश्नहरू सोध्नुस् । त्यस पूर्ण घटनामा कुन एउटा राम्रो पक्ष थियो, त्यसैमा ध्यान केन्द्रित गर्नुस् । याद गर्नुस्, आफैंमाथि प्रश्न गर्ने र हरेक अवस्थामा केही राम्रो खोज्ने बानीले तपाईंको मस्तिष्कलाई सबै नकारात्मक विचारबाट मोड्ने काम गर्छ ।  -एजेन्सी

Nabintech