१५ चैत्र २०८०, बिहीबार
विद्युत प्राधिकरण कोहलपुरलाई अनेरास्ववियूको ध्यानाकर्षण

  • टाइम्स संवाददाता

  • २४ श्रावण २०७८, आईतवार १६:२२

बाँकेको कोहलपुरमा रहेको नेपाल विद्युत प्राधिकरण कार्यालयलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले ध्यानाकर्षण पत्र बुझाएको छ । पछिल्लो समय नेपाल विद्युत प्राविधिकरणले विद्युत आपूर्तिमा अनियमित गरिरहेको भन्दै अनेरास्ववियू बाँकेले ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोना भाईरसका कारण सम्पूर्ण शैक्षिक संघसंस्थाहरु बन्द भईरहेको अवस्थामा विद्यार्थीहरुले घरमै बसेर अनलाईन कक्षा लिईरहेको बेला विद्युत नियमति रुपमा आपूर्ति नभएकाले विद्यार्थीहरुको पढाइ नियमित नभएकाले विद्युत आपूर्तिलाई नियमित बनाउनुपर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाईएको अनेरास्ववियू बाँकेका सह–संयोजक बिकल भट्टराईले बताएका छन् । “बाँकेमा नेपाल विद्युत प्राधिकरणले कहिले विद्युत आपुर्ति बन्द गर्ने, कहिले नियमित नहुने, आए पनि कम भोल्टेजमा आउने जस्ता समस्याहरुले यहाँका विद्यार्थीको शैक्षिक क्षेत्रमा ठुलो असर गर्नुका साथै नागरिकहरुको जनगुनासो आएको हँुदा विशेष ध्यानाकर्षन गर्दै यो पत्र पेश गरिएको छ”सो ध्याकार्षण पत्रमा उल्लेख गरिएको छ । अनेरास्ववियू नेपालको शैक्षिक मुद्धासँगै जनजीविकासँग जोडिएका सवालहरुमा आवाज उठाउने संगठन भएकाले नियमित रुपमा विद्युत आपूर्ति गर्न नेपाल विद्युत प्राधिकरण कार्यालय कोहलपुरलाई ध्यानाकर्षण पत्र बुझाईएको अनेरास्ववियूका केन्द्रिय सदस्य सुमन घिमिरेले बताएका छन् । साथै उनले नेपाल विद्युत कार्यालयले तत्काल आफ्ना मागहरु पुरा नगरे कडा रुपमा आन्दोलनमा उत्रने बताएका छन् ।

Nabintech