८ बैशाख २०८१, शनिबार
कोहलपुर–२ मा रहेको शिवशक्ति आधारभूत विद्यालय प्रविधिमैत्री बन्दै

  • टाइम्स संवाददाता

  • २६ श्रावण २०७८, मंगलवार १९:०५

बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको शिवशक्ति आधारभूत विद्यालय प्रविधिमैत्री हुने भएको छ । कोहलपुर नगरपालिकाको दरबन्दी मिलान कार्य अन्तर्गत लक्ष्मी माविका प्रधानाध्यापकका रुपमा रहेका बद्रीनाथ सापकोटा शिवशक्ति आधारभूत विद्यालयको प्रधानाध्यापकका रुपमा सरुवा भएसँगै हाल विद्यालयलाई प्रविधिसँग जोड्ने अभियान सुरु भएको छ । विद्यालयका प्रअ सापकोटाले विद्यालयमा आवश्यक पर्ने प्रविधिहरुको जडान गरी विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा लागिएको बताएका छन् । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा इन्टरनेटको जडान विद्यालयमा गरिनुका साथै अनलाईन कक्षा संचालनका लागि शिक्षकहरुलाई प्रशिक्षण दिने कार्य सुरु गरिएको उनले बताएका छन् । विद्यालयमा रहेका शिक्षकहरुलाई अनलाईन कक्षा संचालनका लागि मध्यपिश्चम विश्वविद्यालय बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरका अभ्यास शिक्षण विभाग प्रमुख प्रमोद सुवेदीले प्रशिक्षण दिएका छन् । कोरोना भाईरसका कारण विद्यालयमा भौतिक रुपमा विद्यार्थीहरुको उपस्थिति गराई शिक्षण सिकाइ क्रियाकलाप गर्न सक्ने अवस्था नरहेको बेला वैकल्पिक माध्यमबाट पठनपाठन गर्नका लागि आवश्यक सहयोग गरेकोमा शिक्षा यूवा तथा खेलकुद शाखा कोहलपुरलाई प्रअ सापकोटाले धन्यवाद समेत दिएका छन् । साथै विद्यालयको भौतिक र शैक्षिक विकासका लागि सबैले साथ र सहयोग गर्न अनुरोध गर्दै विद्यालयमा कक्षा ८ सम्म केहि वर्ष भित्र संचालन गरी उच्च शिक्षासम्मको पठनपाठन गराउन सक्ने बनाउन लागि परेको बताएका छन् ।

Nabintech