१३ बैशाख २०८१, बिहीबार
राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

  • टाइम्स संवाददाता

  • २७ श्रावण २०७८, बुधबार ०७:१७

राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । प्रशिक्षण पोखरा रंगशालामा सुरु हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा छन् । प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । साफ च्याम्पियनशिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरण छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको हो ।

Nabintech