१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका ३६ जना संक्रमित थपिए, १९ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २७ श्रावण २०७८, बुधबार १६:१३

बाँकेमा पछिल्लो २४ घण्टामा थप ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । दुईवटा प्रयोगशालामा २०९ नमुना परीक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ८७ नमूना परीक्षण गर्दा १६, नेपालगञ्ज मेडिकल कलेजमा ६९ नमुना परीक्षण गर्दा १४ जना र बागेश्वरी ल्याबमा ५३ नमूना परिक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका १७ जना छन् । ७ जना महिला र १० जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९० हजार ७९० नमुना परीक्षण गर्दा १७ हजार ७ सय ४९ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् । ९ जना महिला र १० जना पुरुष गरी १९ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ३१५ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या १६ पुगेको छ भने मध्यम बिरामीको संख्या १८ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech