८ बैशाख २०८१, शनिबार
फिफा वरीयतामा नेपालले तीन स्थान सुधार गर्‍याे

  • टाइम्स संवाददाता

  • २९ श्रावण २०७८, शुक्रबार ०६:५३

फिफा वरीयतामा नेपाली फुटबल टोलीले तीन स्थान सुधार गरेको छ । फिफाले आज बिहीवार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल एक सय ७१ औँ स्थानबाट एक सय ६८ औँ स्थानमा पुगेको छ । विश्व कप छनोट र एसिया कप छनोटका खेलमा गरेको प्रदर्शनका आधारमा नेपालको वरीयतामा सुधार आएको हो । दक्षिण एसियाली देशमा नेपाल भारत र माल्दिभ्सपछि तेस्रो स्थानमा छ । विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने ब्राजिल दोस्रो स्थानमा छ । त्यसैगरी फ्रान्स तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा इटली पाँचौँ स्थानमा छ । अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र अमेरिका दशौँ स्थानमा छ ।

Nabintech