८ बैशाख २०८१, शनिबार
अफगानिस्तानको दोस्रो ठूलो शहर तालिबानको कब्जामा

  • टाइम्स संवाददाता

  • २९ श्रावण २०७८, शुक्रबार १६:०१

तालिबानले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार आफ्नो नियन्त्रणमा लिएको छ । कुनै बेला तालिबानको गढ रहेका कान्धार पछिल्ला वर्षहरुमा उसको नियन्त्रणबाट अफगान सरकारले फर्काउन सफल भएको थियो । बीबीसीका अनुसार विद्रोही समूह तालिबानले कान्धार नजिकको अर्को शहर लश्कर गाहसमेत आफ्नो नियन्त्रणमा लिएको छ । हालसम्म उसले अफगानिस्तानको करिब एक तिहाइ प्रान्तीय राजधानी आफ्नो कब्जामा लिएको छ । तालिबानले कब्जामा लिएपछि लाखौं सर्वसाधारण विस्थापित भएका छन् । हजारौं जना काबुलतर्फ प्रस्थान गरेका छन् । सुरक्षा खोज्दै काबुल पुगेका उनीहरु बाटोमा सुत्न बाध्य भएका छन् । गत जुलाइ महिनामा मात्रै अफगानिस्तानमा कम्तीमा एक हजार सर्वसाधारण मारिएका छन् । तालिबानले अब काबुलतिर अगाडि बढ्ने र देशको राजधानीमा समेत हिंसाको शृङ्खला सुरु हुने त्रासमा सर्वसाधारण छन् ।

Nabintech