१६ चैत्र २०८०, शुक्रबार
एमाले सरकारले गरेका कामबाट आतिएकाहरुले राजनैतिक अस्थिरता ल्याए : पोख्रेल

  • टाइम्स संवाददाता

  • ३० श्रावण २०७८, शनिबार १८:४१

नेकपा एमालेका स्थायी कमिटि सदस्य एवम् लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा र जनपक्षिय कामबाट आतिएकाहरुले देशमा राजनैतिक अस्थिरता ल्याएको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटि बाँकेको १७ औं पूर्ण बैठकलाई सम्बोधन गर्दै एमाले नेतृत्वमा निर्माण भएका संघ र प्रदेशका सरकारले जनताका पक्षमा काम गरिरहेको देखेर सरकारलाई चौतर्फि आक्रमण भएको बताएका छन् । साथै उनले नेकपा एमालेको केन्द्रिय कमिटिको निर्देशनलाई पालना गर्ने कमिटि नै आधिकारिक भएको बताउँदै पार्टी र देशलाई घात गर्नेहरुलाई ईतिहासले माफ नगर्ने बताएका छन् बताउँदै जनादेश विरोधी कार्य गर्ने, बामपन्थी आन्दोलन विरोधीका नाईकेहरुले आफ्नै सरकारका विरुद्ध लागेको र त्यस्ता व्यक्तिहरुलाई जनताले माफ नदिने बताएका छन् । यसका साथै उनले वर्तमान सरकार गठनमा लागेकाहरुबाट संसद जोगाउने नाममा गैरसंसदिय क्रियाकलाप भएको टिप्पणी समेत गरेका छन् ।
सो बैठकमा सह–ईन्चार्ज मो.हारुन, केन्द्रिय सदस्य देवराज भार, लक्ष्मण ज्ञवाली लगायतले सम्बोधन गर्दै एमाले पार्टीले लिएरका नीति तथा बिचारलाई जनताको बिचमा लिन आवश्यक रहेको बताउँदै सबै नेता तथा कार्यकर्ताहरुलाई एमाले नेतृत्वको सरकारले गरेका कामहरुका बारेमा जनतालाई बताउनुपर्ने बेला आएको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटि बाँकेका अध्यक्ष सूर्य ढकालको अध्यक्षतामा सम्पन्न बैठकमा विभिन्न छ वटा समूहगत छलफल गरी विभिन्न निर्णयहरु समेत गरिएको छ । बैठकले संगठित सदस्यता नविकरण, पार्टी प्रवेश कार्यक्रमलाई तिव्र, पार्टीका विभिन्न तहका कमिटिहरु गठन गर्ने लगायतका विभिन्न निर्णयहरु गरिएको जिल्ला अध्यक्ष ढकालले बताएका छन् । साथै डुडुवमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको छ ।

Nabintech