७ बैशाख २०८१, शुक्रबार
तालिबानद्वारा अफगानिस्तानको आधा भन्दा धेरै प्रान्तीय राजधानी कब्जा

  • टाइम्स संवाददाता

  • ३१ श्रावण २०७८, आईतवार ०७:२०

विद्रोही समूह तालिबानले  अफगानिस्तानको आधा भन्दा धेरै प्रान्तीय राजधानी कब्जा गरेको छ । आधा भन्दा धेरै भूभाग कब्जा गर्दै तालिबान अहिले काबुलबाट ११ किलोमिटर नजिक  पुगेको छ । प्रान्तीय राजधानी कब्जा गरेका ठाउँमा सेना र लडाकुबीच गोलाबारी चलिरहेको छ । अमेरिका  र बेलायतको सेना फिर्ता भएपछि अस्ट्रेलियाबाट सेनाको केही सङ्ख्या काबुल पुगेको बीबीसीले जनाएको छ । अस्ट्रेलियाको सेना आफ्नो देशको नागरिक र दूतावासको कर्मचारीलाई फिर्ता लैजानका लागि मात्र काबुल गएको खबरमा उल्लेख गरिएको छ । आधाभन्दा धेरै भूभाग कब्जा गर्दै तालिबान लडाकु काबुल नजिकै आइसकेकाले काबुलमा त्रास  बढेको छ । काबुलमा डर र निराशा छाएको छ । विदेशी नागरिक, दूतावास कर्मचारी र अफगानी नागरिक कुनै न कुनै तरिकाले बाहिर निस्कने प्रयास गरिरहेका छन् । हजारौँ हजारको सङ्ख्या काबुलको सडक किनारामा अस्थायी क्याम्प बनाएर बसिरहेका छन् । काबुल कब्जा भएमा अफगानस्तानकाे सरकार र सेनाका लागि ठूलो झड्का हुनेछ । यसैबीच  हिजो मात्र तालिबानले पङ्क्तिका र कुनार प्रान्तको प्रान्तीय राजधानी पनि कब्जा गरेको छ ।

Nabintech