१५ चैत्र २०८०, बिहीबार
माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न लेखेको पत्र आयोगमा

  • टाइम्स संवाददाता

  • १ भाद्र २०७८, मंगलवार १७:३१

नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको छ । एमालेले संघीय संसद सचिवालयलाई लेखेको पत्रको बाेधार्थ निर्वाचन आयोगमा आएको आयोगका प्रवक्ता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएकाे छ। नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारबाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । कारबाहीमा पर्नेमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेको उहाँले बताउनुभयो ।

Nabintech