७ बैशाख २०८१, शुक्रबार
दुई हजार ३२१ जनामा सङ्क्रमण, दुई हजार १२६ निको, ३३ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ३ भाद्र २०७८, बिहीबार १७:५६

पछिल्लो २४ घण्टामा दुई हजार ३२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ९४६ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार ४९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १२६ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ४२९ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.१४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Nabintech