८ बैशाख २०८१, शनिबार
नेपालगञ्ज विमानस्थलद्धारा ३ करोड बढी बचत

  • टाइम्स संवाददाता

  • ४ भाद्र २०७८, शुक्रबार १७:३७

नेपालगञ्ज विमानस्थलले आर्थिक वर्ष २०७७/७८ मा ३ करोडबढी बचत गरेको छ । देशभर रहेका ५४ मध्ये ४३ विमानस्थल घाटामा जाँदा नेपालगन्ज विमानस्थलले भने आर्थिक वर्ष ०७७/७८ मा ३ करोड २ लाख बचत गर्न सफल भएको हो । ५ करोड ४७ लाख आम्दानी भएकोमा २ करोड ४५ लाख खर्च भएको विमानस्थलले जनाएको छ । नेपालगञ्ज विमानस्थलसँगै धनगढी, सुर्खेत, जुम्ला, सिमिकोट, रारा र बाजुरा विमानस्थलले पनि आम्दानी गरेका छन् । धनगढी विमानस्थलले १ करोड ६४ लाख ७ हजार, सुर्खेत विमानस्थलले २ लाख ८५ हजार, जुम्ला विमानस्थलले ५ लाख १५ हजार बचत गरेको छ । यस्तै सिमकोट विमानस्थलले २३ लाख ९८ हजार बचत गरेको छ । बाजुरा विमानस्थलले ६ लाख ८८ हजार बचत गर्दा रारा विमानस्थलले २७ लाख ४८ हजार बचत गर्न सफल भएको छ ।डोल्पा, साँफेबगर र डोटी विमानस्थल भने घाटामा गएका छन् । डोल्पा विमानस्थल १३ लाख ८९ हजार, सांफेवगर विमानस्थल ४ लाख ९१ हजार ७ सय र २ लाख ३१ हजार घाटामा गएका छन् ।

Nabintech