१६ चैत्र २०८०, शुक्रबार
सरस्वती माविको प्रअमा जैसी

  • टाइम्स संवाददाता

  • ७ भाद्र २०७८, सोमबार १८:००

बाँकेको कोहलपुमा रहेको सरस्वती माध्यमिक विद्यालयको प्रधानाध्याकमा बिसाखर जैसी नियुक्त भएका छन् । कोहलपुर नगरपालिकाले दरबन्दी मिलान अन्तर्गत तह अनुसारको शिक्षकलाई प्रअ बनाउने नीति अनुसार जैसी प्रअमा नियुत्तः भएका हुन् । नवनियुक्त प्रअ जैसीले विद्यालयमा गुणस्तरीय शिक्षाका लागि विशेष नीति लिने बताएका छन् । शिक्षक, अभिभावक र विद्यार्थीहरु बिचको सहकार्यले शैक्षिक उन्नति र प्रगति हुने भएकाले विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, कर्मचारीले दिएको जिम्मेवारी पुरा गर्ने बताएका छन् । साथै विद्यालयको भौतिक, शैक्षिक विकासका लागि सबैले साथ र सहयोग गर्न आग्रह समेत गरेका छन् ।

Nabintech