१४ बैशाख २०८१, शुक्रबार
एमाले विभाजन–१४ सांसदको नाम सनाखत नगर्न आयोगलाई एमालेको ‘खबरदारी’

  • टाइम्स संवाददाता

  • ८ भाद्र २०७८, मंगलवार १७:३६

नेकपा एमालेले पार्टीको ह्वीप उल्लंघन गरेका माधव नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न निर्वाचन आयोगलाई खबरदारी गरेको छ । अग्नि खरेलसहितका एमाले नेताहरुले मंगलबार निर्वाचनमा आयोगमा पुगेर पार्टीले कारबाही गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखतले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै ह्वीप उल्लंघन गरेका सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न आयोगलाई खबरदारी गरेका हुन् ।  एमालेका निर्वाचन विभाग प्रमुख खरेलले सनाखतको प्रक्रियामा नेकपा एमालेलाई समावेश गर्न जरुरी रहेको बताए । एमाले दल फुटाउनको निम्ति अध्यादेश ल्याएको भन्दै खरेलले मूल दल (एमाले)लाई रोहबरमा राखेर काम गर्न सुझाव दिए ।

उनले भने, “हामीले निर्वाचन आयोगलाई भनेका छौँ, १४ जना ह्वीप उल्लंघन गर्ने व्यक्तिहरु र पार्टीको निर्देशन लागू गरेर ह्वीप उल्लंघन गरेका छन्, तिनीहरुलाई कारबाही गरिएको छ, तिनीहरुलाई कारबाही गरिनुपर्छ भनेका छौँ, र तिनीहरुको नामलाई पनि समावेश नगरियोस्, तिनीहरुलाई नाम समावेश गरेर उनीहरुलाई सनाखत गराउने प्रक्रियामा समावेश नगराइयोस्, यो कुराले मुलुकको लोकतन्त्रलाई बलियो बनाउँछ, लोकतन्त्र बलियो बनाउने काममा नै निर्वाचन आयोग लाग्छ भन्ने हामीलाई विश्वास छ भनेर हाम्रो कुरा राखेका छौँ, चौथो कुरा सनाखतको प्रक्रियामा नेकपा एमालेलाई पनि समावेश गर्न जरुरी हुन्छ, नेकपा एमाले दल फुटाउनको उद्देश्यले जब निवेदन आउँछ भने जुन मुल दल हो, त्यसलाई फुटाउनका लागि आएका मान्छे त्यसका सदस्य हुन् कि होइनन् ?संसदीय दलका ती सदस्य हुन् कि होइनन् ? पार्टीका केन्द्रीय समितिका सदस्य हुन् कि होइनन् ? भन्ने कुरो त्यो दललाई रोबरमा त राख्नुपर्यो नि त, त्यो दल त प्रतिनिधि रोहबरमा त राख्नुपर्यो नि त, त्यो कुरा हामीले उहाँहरुलाई रिक्वेस्ट गरेका छौँ, उहाँहरुले त्यो कुरामा हामी टुंगो लगाउँछौँ पछिल्लो कुरामा भन्नुभएको छ, केही कुराहरु उहाँहरु आफैँ स्पष्ट हुनुहुन्छ, ती कुराहरु निर्वाचन आयोगलाई प्रष्ट गर्नको निम्ति आज हामी निर्वाचन आयोग गएका हौँ ।” त्यसैगरी निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखत गर्दा केन्द्रीय समितिका सदस्यहरुले नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र ल्याउनुपर्ने बताए । उनले संघीय संसदका सदस्यहरुको हकमा भने संघीय संसदबाट जारी गरिएको परिचय पत्र लिएर उपस्थित हुनुपर्ने प्रावधान रहेको बताए ।  प्रवक्ता श्रेष्ठले निवेदनमा दर्ता भएका नामका व्यक्तिहरुलाई स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने र भारतमा उपचाररत नेता झलनाथ खनालको विषयलाई भने आयोगले आफ्नो विधेयकको बारेमा छलफल गरेर निस्कर्ष निकाल्ने बताए ।  उनले भने, “केन्द्रीय समितिका सदस्यहरुले नागरिकताका प्रमाणपत्र वा मतदाता परिचय पत्र लिएर स्वयं नै उपस्थित हुनुपर्नेछ, त्यस्तै संघीय संसदका सदस्यहरुले संघीय संसदबाट जारी गरिएको परिचय पत्र लिएर आउनुपर्नेछ, यो नै हामीले चिन्ने आधिकारिक कागजात हो, सनाखत गर्नका लागि आयोगबाट तोकिएको कर्मचारीको उपस्थितिमा सनाखत हुने विगतमा पनि अभ्यास छ र अहिले पनि त्यही नै हुन्छ, निवेदनमा संलग्न सबै व्यक्तिहरुलाई स्वयं उपस्थित भएर सनाखत गर्नका निम्ति जानकारी गराइसकिएको छ, तर मान्य झलनाथ खनालको सन्दर्भमा निर्वाचन आयोगले छलफल गरेर निर्क्योल गर्ने नै छ ।” निर्वाचन आयोगले दल दर्ता गर्नका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी)लाई बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ । -रातोपार्टीबाट
Nabintech