१६ चैत्र २०८०, शुक्रबार
सीआईए प्रमुख र तालिबानका उपप्रमुखबीच गोप्य भेट भएको दाबी

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७८, बुधबार ०७:२१

अमेरिकी गुप्तचर निकाय सीआईए प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल घनी बरादरबीच काबुलमा गोप्य भेटवार्ता भएको छ । अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बर्नस र बरादरबीचको भेटलाई राष्ट्रपति जो बाइडेन प्रशासनको अहिलेसम्मकै उच्चस्तरीय भेटवार्ता मानिएको द वाशिङ्गटन पोस्टले जनाएको छ । सीआईएले भेटबारेमा कुनै टिप्पणी गरेको छैन । तालिबान समूहले काबुल कब्जा गरेपछि नयाँ सरकार गठनका बारेमा निरन्तर छलफल गरिरहेका छन् । तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने बताइरहेका छन् । काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अहिले पनि अस्तव्यस्त छ ।

Nabintech