१३ बैशाख २०८१, बिहीबार
थप एक हजार ९०२ सङ्क्रमित, एक हजार ८०८ कोरोनामुक्त, १६ को मृत्यु

  • टाइम्स संवाददाता

  • १४ भाद्र २०७८, सोमबार १७:४५

पछिल्लो २४ घण्टामा एक हजार ९०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ८९२ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, चार हजार ३९१ जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९३ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ६१ हजार १२४ पुगेको छ ।  पछिल्लो २४ घण्टामा एक हजार ८०८ जना कोरोनामुक्त भएका छन् । हालसम्म सात लाख १४ हजार ५२० जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ७३० जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । ३५ हजार ८७४ जना सकृय सङ्क्रमित रहेका छन् ।

Nabintech