७ बैशाख २०८१, शुक्रबार
उत्तर कोरियाले पुनः थाल्यो आणविक कार्यक्रम, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

  • टाइम्स संवाददाता

  • १४ भाद्र २०७८, सोमबार १७:५३

उत्तर कोरियाले परमाणु कार्यक्रमलाई पुनः अघि बढाउन सुरु गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उत्तर कोरियाले परमाणु हतियार बनाउन आवश्यक पर्ने प्लुटोनियम प्रशोधन सुरु गरेको हो । राष्ट्रसंघीय परमाणु एजेन्सीले उत्तर कोरियाको यो कार्यप्रति चिन्ता जनाएको छ । त्यहाँको योङब्यानस्थित प्लान्टमा प्रोसेसिङ सुरु गरिएको उत्तर कोरियाले जनाएको छ । यो ठाउँमा उत्तर कोरियाको सबैभन्दा ठूलो पाँच मेगावाटको परमाणु रियाक्टर छ । सन् २०१८ को डिसेम्बरमा यो रिक्याटरलाई बन्द गरिएको थियो । परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरिया र अमेरिकाबीच कुनै सहमति जुट्न सकेको छैन । यो कार्यक्रमलाई नेता किमजङ उन र अमेरिकी पूर्वराष्ट्र डोनाल्ड ट्रम्पबीच वार्ता भएको थियो । ट्रम्पसँगको छलफलमा किमले कार्यक्रम बन्द गर्ने प्रतिबद्धता जनाएका थिए तर, पछिल्लो पटक उनीहरुबीच यसको कार्यान्वयन भएन । नेता उनको नेतृत्वमा उत्तर कोरियामा परमाणु कार्यक्रम तीव्ररुपमा अघि बढिरहेको छ । जसले गर्दा केही अन्तर्राष्ट्रिय निकायले यसमा रोक पनि लगाएका छन् । राष्ट्रसंघको अन्तर्राष्ट्रिय परमाणु एजेन्सीले जुलाईको पहिलो सातादेखि नै उत्तर कोरियाले परमाणु कार्यक्रमको थालनी गरेको जनाएको थियो ।

Nabintech