७ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका १४ जना थपिए, ६ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १५ भाद्र २०७८, मंगलवार १६:४८

बाँकेमा पछिल्लो २४ घण्टामा थप १४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ८६ नमुना परीक्षण गर्दा १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३० नमूना परिक्षण गर्दा ८ जना, नेपालगञ्ज मेडिकल कलेजमा ३८ नमुना परीक्षण गर्दा ६ जना र बागेश्वरी ल्याबमा १८ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ८ जना छन् । ५ जना महिला र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९३ हजार ६४५ नमुना परीक्षण गर्दा १८ हजार १५ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ६ जना डिस्चार्ज भएका छन् । ३ जना महिला र ३ जना पुरुष गरी ६ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ५६७ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या १८ पुगेको छ भने मध्यम बिरामीको संख्या २४ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech