११ बैशाख २०८१, मंगलवार
भेरी अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु

  • टाइम्स संवाददाता

  • १७ भाद्र २०७८, बिहीबार १६:११

बाँकेमा कोरोना संक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार सल्यान र दाङका दुई जना संक्रमित महिलाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । सल्यानको त्रिवेणी गाउँपालिका–६ की ६६ वर्षीया महिलाको उपचारको क्रममा बुधबार राति ९ बजे मृत्यु भएको हो । उनीमा साउन ३२ गते संक्रमण पुष्टि भएको थियो । यस्तै दाङको गढवा गाउँपालिका–६ की ९५ वर्षीया महिलाको बिहीबार बिहान ७ः२० बजे मृत्यु भएको हो । उनीमा भदौ १३ गते संक्रमण पुष्टि भएको थियो ।

Nabintech