७ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका २० जना थपिए, ११ जना डिस्चाज

  • टाइम्स संवाददाता

  • १७ भाद्र २०७८, बिहीबार १७:१२

बाँकेमा पछिल्लो २४ घण्टामा थप २० जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १४५ नमुना परीक्षण गर्दा २० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ८८ नमूना परिक्षण गर्दा १५ जना, नेपालगञ्ज मेडिकल कलेजमा ४१ नमुना परीक्षण गर्दा ५ जना र बागेश्वरी ल्याबमा १६ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ११ जना छन् । ५ जना महिला र ६ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९३ हजार ९०२ नमुना परीक्षण गर्दा १८ हजार ४३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । ६ जना महिला र ३ जना पुरुष गरी ९ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ५९५ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या १८ पुगेको छ भने मध्यम बिरामीको संख्या ३१ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech