८ बैशाख २०८१, शनिबार
नेपाल र भारतले १–१ गाेलकाे बराबरी खेले

  • टाइम्स संवाददाता

  • १७ भाद्र २०७८, बिहीबार १९:३१

मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गाेलकाे बराबरी खेलेका हुन् ।   दशरथ रङ्गशालामा भएकाे खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गाेल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गाेलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गाेलमा परिणत गरेका हुन् ।  तर नेपालकाे अग्रता दाेस्राे हाफमा रहन सकेन । भारतका  अनिरुध थापाले खेलकाे ६० औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याएका हुन् । नेपाल र भारतबीचकाे दाेस्राे मैत्रीपूर्ण फुटबल आउँदाे शनिवार दशरथ रङ्गशालामा नै हुनेछ ।

Nabintech