१२ बैशाख २०८१, बुधबार
तक्षशिला एकेडेमीद्धारा विद्यार्थीहरुलाई अभिमुखिकरण

  • टाइम्स संवाददाता

  • १८ भाद्र २०७८, शुक्रबार १७:०७

बाँकेको कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमीले कक्षा ११ मा अध्ययन गर्न विद्यालयमा आएका विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । तक्षशिला एकेडेमीले कक्षा ११ मा भर्ना भएका  विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम गरेको विद्यालयका प्रिन्सिपल बासु गिरीले बताएका छन् । विशेष गरी भौतिक रुपमा कक्षा संचालन नहुँदा सम्म प्राविधिको प्रयोग मार्फत कसरी शिक्षण सिकाई क्रियाकलापमा सहभागि हुन सकिन्छ भनेर जानकारी दिईएको उनले बताएका छन् । विद्यालयले व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजम्यान्ट र कम्प्युटर साईन्सका कक्षाहरु सुरु गरेको बताउँदै विद्यालयले गुणस्तरी शिक्षा दिने प्रतिवद्धता सो क्रममा उनले गरेका थिए । उच्च शिक्षा हासिल गरेसँगै रोजगारीको अवसर प्राप्त गर्नु आजको आवश्यकता भएकाले विद्यालयले सोहि अनुसारको शिक्षामा जोड दिने उनले बताएका छन् । यसका साथै विद्यार्थीहरुले विद्यालयले तय गरेका नियमहरुलाई पालना गर्नुपर्ने समेत बताएका छन् । विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकहरु बिचको सहकार्यले मात्र गुणस्तरीय शिक्षा प्राप्त हुने भन्दै विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकहरु बिच अन्तरसम्बन्ध भईरहनुपर्ने बताएका छन् । सो अभिमुखिकरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Nabintech