१३ बैशाख २०८१, बिहीबार
एक करोड ३३ लाख डोज खोप प्राप्त, ७५.६ प्रतिशत प्रयोग

  • टाइम्स संवाददाता

  • १८ भाद्र २०७८, शुक्रबार १७:४०

नेपाललाई जनवरीदेखि अगस्टसम्म एक करोड ३३ लाख ५९ हजार ११० डोज खोप प्राप्त भएको छ । जसमध्ये एक करोड एक लाख तीन हजार ८६४ डोज खोप प्रयोग भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो प्रतिशतमा ७५.६ प्रतिशत हो ।  स्वास्थ्य मन्त्रालयका अनुसार ५४ लाख २५ हजार ८८८ जनाले पहिलो डोज लगाएका छन् भने ४६ लाख ७७ हजार ९७६ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । नेपालमा अहिले कोरोनाविरुद्धको तीन प्रकारका खोप प्रयोगमा ल्याइएको छ । जसमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्याङ्कमा २१ लाख ३४ हजार ८४८ जनाले कोभिशिल्डको पहिलो मात्रा लगाएका छन् भने १२ लाख ३२ हजार ८५१ जनाले दोस्रो मात्रा लगाएका छन् । यसैगरी ३२ लाख ८९ हजार ९८८ जनाले भेरोसेलको पहिलो लगाएका छन् भने २० लाख ७० हजार ८५९ जनाले दोस्रो मात्रा लगाएका छन् । साथै १३ लाख ६३ हजार ६१८ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । व्यवस्थापन महाशाखा खरिद प्रमुख उपेन्द्र ढुङ्गानाले जनवरी २१ मा भारतबाट १० लाख र भारतीय आर्मीको सहयोगमा एक लाख कोभिशिल्ड खोप प्राप्त भएको बताउनुभयो । यसैगरी चीनबाट २९ देखि २१ मार्चसम्म आठ लाख भेरोसेल खोप, टीएआरबाट २ देखि २१ जुनसम्म दुई लाख, चीनबाट २ देखि २१ जुनसम्म फेरि आठ लाख खोप नेपाल आएको प्रमुख ढुंगानाले जानकारी दिनुभयो । त्यस्तै भुटानबाट १ देखि २१ अगस्टसम्म दुई लाख ३० हजार अष्ट्राजेनिका र यूके सरकारको सहयोगमा २६ देखि २१ अगस्टसम्म एक लाख ३१ हजार दुई सय डोज अष्ट्राजेनिका नेपाल आएको छ । ढुङ्गानाका अनुसार नेपाल सरकारले खरिद गरेको दश लाख कोभिशिल्ड खोप २१ फेब्रअरीमा, ९ देखि ३० जुलाईसम्म ४० लाख भेरोसेल र १९ देखि २१ अगस्टसम्म १६ लाख भेरोसेल खोप नेपाल ल्याइएको थियो । यसैगरी कोभ्यास सुविधामार्फत ७ देखि २१ मार्चमा तीन लाख ४८ हजार कोभिशिल्ड खोप, अमेरिका सरकारको सहयोगमा ११ देखि २१ जुलाईमा १५ लाख ३४ हजार ८५० डोज जोन्सन एण्ड जोन्सन खोप र जापान सरकारको सहयोगमा ७, ९, २१ र २३ अगस्टमा अष्ट्राजेनिका खोप नेपाललाई प्राप्त भएको उहाँले बताउनुभयो ।

दुई करोड १७ लाख ५६ हजार ७६३ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य सरकारले लिएको छ । नेपालमा पहिलोपटक ८ माघमा भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड भित्रिएसँगै खोप लगाउन सुरु गरिएको थियो ।

Nabintech