७ बैशाख २०८१, शुक्रबार
बाँकेमा एमालेका स्थानिय तहका जनप्रतिनिधिहरुको भेला सम्पन्न

  • टाइम्स संवाददाता

  • १९ भाद्र २०७८, शनिबार १७:११

बाँकेमा एमालेका स्थानिय तहका जनप्रतिनिधिहरुको भेला सम्पन्न

बाँके जिल्लामा स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित स्थानिय तहका जनप्रतिनिधिहरुको भेला सम्पन्न भएको छ । बाँके जिल्लाका स्थानियत तहका प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, वडा सदस्य लगायत कार्यपालिका सदस्यहरुको भेला नेपालगञ्जमा सम्पन्न भएको हो । नेकपा एमाले बाँकेका स्थानिय तह प्रमुख मिन बहादुर मल्लको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका स्थानिय तह विभाग प्रमुख एवम् राष्ट्रिय सभा सदस्य बाबुराम दाहालले प्रशिक्षण दिएका थिए । स्थानिय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै राष्ट्रिय सभा सदस्य बाबुराम दाहालले एमाले पार्टीले लिएका नीति तथा कार्यक्रमलाई आत्मासाथ गरी स्थानिय तहमा काम गर्न निर्देशन समेत दिएका छन् । जनतासँग प्रत्यक्ष सम्बन्ध जोडिएको निकाय स्थानिय तह नै भएकाले जनताको भावना अनुसार वडा तहबाटै काम गर्नुपर्ने बताएका छन् । जनताले एमालेलाई इतिहासमा महत्वपूर्ण जिम्मवारी दिईरहेको र आगामि दिनमा पनि त्यो जिम्मेवारी दिने भएकाले जनताको भावना विपरित कुनै पनि गतिविधि नगर्न स्थानिय तहका जनप्रतिनिधिहरुलाई अनुरोध समेत गरेका छन । कार्यक्रममा एमाले लुम्बिनी प्रदेश इन्चार्ज खेममान खडका, केन्द्रिय सदस्य देवराज भार, मोहमद हारुन, एमाले बाँके जिल्ला अध्यक्ष सूर्य ढकाल लगायतले देशको विकास र समृद्धिका लागि एमालेले लिएको नीतिलाई कार्यान्वयन गर्ने काम एमालेबाट स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुको रहेकोले सोहि अनुसारको काम गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बाँके जिल्लाको स्थानिय तहमा निर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य लगायतको वृहत सहभागिता रहेको थियो ।

Nabintech