८ मंसिर २०८३, मंगलवार
देउवा कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा सर्वसम्मत

  • टाइम्स संवाददाता

  • ८ मंसिर २०८३, मंगलवार ०६:४३

नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा) सर्वसम्मत भएका छन् । प्रदेशको अधिवेशनबाट उनी सर्वसम्मत रुपमा प्रदेश सभापतिमा निर्वाचिन भएको तयारी समितिका संयोजक गेहेन्द्र गिरीले नेपाल प्रेसलाई जानकारी दिए ।

लुम्बिनी प्रदेशका १२ जिल्लाबाट तीन हजारभन्दा बढी प्रतिनिधि तथा सहभागी अधिवेशनको आजै उद्घाटन सत्रपछि भएको बन्द सत्रले उनी सभापतिमा निर्वाचित भएका हुन् । प्रदेश सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका थिए ।

प्यूठानका सरोज थापा (रोज राणा), पाल्पाका माधव नेपाल र रुपन्देहीका डा. दामोदर भुसाल प्रतिस्पर्धामा सभापतिमा उम्मेदार दिएपछि नेताहरु बसेर समझदारीमा राणालाई सभापति बनाएको अधिवक्तासमेत रहेका नेता कृष्ण पोखरेलले बताए ।

राणा यसअघि प्रदेश सरकारको मन्त्री रहेका थिए र अहिले पनि प्रदेश सभा सदस्य रहेका छन् । प्रदेशको तयारी समितिका संयोजक रहेका गेहेन्द्र गिरिले सभापतिमा टुङ्गो लागे पनि अन्य पदहरु मिलाउने बाँकी रहेकाले  बसेर भएपनि टुंगाउने जानकारी दिए । सोमबार दिउँसो भएको अधिवेशनको नेता शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

Nabintech