१५ चैत्र २०८०, बिहीबार
एमाले निकट अनेमसंघद्धारा तिजको दर खाने कार्यक्रम सम्पन्न

  • टाइम्स संवाददाता

  • २२ भाद्र २०७८, मंगलवार १७:२३

नेकपा एमाले निकट अखिल नेपाल महिला संघको आयोजनामा कोहलपुरमा तिजको दर खाने कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु नारीहरुको महान पर्व तिजको अवसरमा पारी अखिल नेपाल महिला संघको आयोजनामा दर खानेकार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेकपा एमालेका नेताहरु भारति खनाल, खिल प्रसाद भुषाल, भगवती बराल, बसन्ति अधिकारि, कर्ण बहादुर थापाले मुलुकको परिवर्तनमा नारीले महत्वपूर्ण योगदान गरिरहेको बताउँदै नेकपा एमालेले महिलाहरुलाई राज्यको रहेक निकायमा समावेश गरिहेको बताएका छन् । अखिल नेपाल महिला संघ कोहलपुरकी अध्यक्ष कल्पना अधिकाकिो सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका नेता कार्यकर्ता समेतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण महिला संघ कोहलपुर सचिव अनिता पौडेलले गरेकी थिईन् भने कार्यक्रममा स्वागत मन्तव्य अम्बिका आचार्य धितालले गरेकी थिईन् ।

Nabintech