१६ चैत्र २०८०, शुक्रबार
नेपालले टस जित्यो, टोलीमा तीन परिवर्तन

  • टाइम्स संवाददाता

  • २५ भाद्र २०७८, शुक्रबार १५:५३

नेपालले पपुवा न्युगिनीसँग दोस्रो ओडिआई खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । अल अमरेत क्रिकेट मैदान ओमनमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । खेलको प्रत्यक्ष प्रसारण नेपालमा एक्सन स्पोर्ट्सले गर्दैछ ।

नेपालले पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दैछ । पछिल्लो खेलबाट टोलीमा तीन परिवर्तन भएको छ । पहिलो खेलबाट शरद भेषावकर, आरिफ शेख र पवन सरार्फलाई बेन्चमा राखेको छ । यी तीन खेलाडीको स्थानमा करण केसी, स्पिनर सुशान भारी र विनोद भण्डारीले टोलीमा स्थान बनाएका छन् । सन् २०१८ मार्चमा ओडिआई मान्यता पाएको नेपालले पहिलो पटक डे नाइट खेल खेल्दै छ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि पिएनजीसँग तयारीको लागि दुई ओडिआई खेल खेलेको हो । नेपालले पछिल्लो पटक रातमा २०१९ मा सिंगापुरमा जिम्बावे र सिंगापुरसँग त्रिकोणात्मक टि२० आई खेल खेलेको थियो । टि२० विश्वकप २०१४ मा पनि नेपालले रातमानै खेलेको थियो । मैदानमा फ्लडलाइटमा खेल्ने हुँदा खेलाडीलाई केहि कठिन हुन सक्छ । अर्कोतर्फ ओमानको उच्च तापक्रममा खेल्न नेपाली खेलाडीलाई सहज हुने छैन । पहिलो खेलमा जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले ८ विकेट गुमाउँदै संघर्षपूर्ण जित निकालेको थियो । जसक्रममा रोहित कुमार पौडेलले ४१ रनको महत्वपूर्ण योगदान दिएका थिए । नेपालको टोली : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सुशान भारी, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, विक्रम सोब, सन्दीप लामिछाने ।

Nabintech